लक्ष्मीपुर पतारी–१ मा जेन–जि वडा समिति गठन, अध्यक्षमा गुरुदेव कामैत, उपाध्यक्ष उपेन्द्र मण्डल र दिनेश सरदार सचिव रहने गरी ११ सदस्य समिति चयन, सुशासन र भ्रष्टाचारमुक्त अभियानमा युवा एकजुट

जनजागरण संवादाता/ रामशंकर यादव

सिरहा ७ मंसिर  / लक्ष्मीपुर पतारी गाउँपालिका–१ रामपुर पिप्रास्थित श्री जनता माविमा जेन–जि युवाहरुको वडा भेला जेन–जि गाउँपालिका समिति अध्यक्ष चन्द्रशेखर यादवको अध्यक्षतामा सभ्य र भव्य तरिकाले सम्पन्न भएको छ। भेलाले गुरुदेव कामैतको अध्यक्षता, उपेन्द्र मण्डलको उपाध्यक्ष, दिनेश सरदारको सचिव र रामबहादुर सदायको सह–सचिव रहनेगरी ११ सदस्यीय जेन–जि वडा समिति सर्वसम्मत गठन गरेको छ।

बैठकमा युवाहरुको सक्रिय सहभागिता रहेको थियो। नव–गठित समितिले वडाभित्र सुशासन, शिक्षाको सुदृढीकरण, सामाजिक सचेतना तथा पारदर्शी व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिवद्धता व्यक्त गरेको छ।

जेन–जि गाउँपालिका समिति अध्यक्ष चन्द्रशेखर यादवले नेतृत्व लिएपछि गाउँपालिकाभर सुशासन, जवाफदेहिताको अभ्यास र भ्रष्टाचारमुक्त समाज निर्माण हुने विश्वास स्थानीयवासीहरूले व्यक्त गर्दै आएका छन्। यादवको सक्रियता, युवामुखी कार्यक्रम र संगठन विस्तारका कारण जेन–जि संरचना गाउँ–गाउँमा प्रभावकारी बन्दै गएको स्थानीयले बताए।

भेलाले आगामी दिनमा युवालाई सशक्त बनाउने कार्यक्रम सञ्चालन गर्ने, सामाजिक मुद्दामा एकजुट भएर काम गर्ने तथा विकास–निर्माणमा सकारात्मक भूमिका निर्वाह गर्ने साझा प्रतिवद्धता जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ