प्रहरी निरीक्षक विशाल मल्लको नेतृत्वमा सिरहामा लागुऔषध कारोबारीसँग गोली हानाहान, एक पक्राउ

सिरहा, १९  असार— इलाका प्रहरी कार्यालय महेशपुर पतारीका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लको नेतृत्वमा खटिएको प्रहरी टोली र लागुऔषध कारोबारी समूहबीच शुक्रबार सिरहाको नवराजपुर गाउँपालिका–५ स्थित सीमावर्ती क्षेत्रमा गोली हानाहान भएको छ। घटनामा एक जना भारतीय नागरिक घाइते भई पक्राउ परेका छन्।
प्रहरीका अनुसार लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा खटिएको टोलीले कारोबारी समूहलाई नियन्त्रणमा लिन खोज्दा उनीहरूले प्रहरीमाथि एक राउन्ड गोली प्रहार गरेका थिए। उक्त गोलीबाट कुनै प्रहरीलाई क्षति पुगेन।
आत्मरक्षाका लागि प्रहरीले दुई राउन्ड गोली चलाएको थियो। प्रहरीले चलाएको गोलीमध्ये एक राउन्ड भारतको मधुवनी जिल्लाका अब्दुल कलामको खुट्टामा लागेपछि उनी घाइते भएका हुन्। त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिई उपचारका लागि अस्पताल पठाएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ