जनकपुरधाम, साउन ६,
मधेश प्रदेश प्रहरी कार्यालयले “महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यविधि–२०८३” बमोजिम इलाका प्रहरी कार्यालय महेशपुर पतार, सिरहाका प्रमुख प्रहरी निरीक्षक विशाल मल्ललाई २०८३ असार महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी (Best Province Police of the Month) घोषणा गरेको छ।
मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (प्र.ना.म.नि.) ओम प्रसाद अधिकारीले प्रहरी निरीक्षक मल्ललाई प्रशंसा–पत्र तथा पुरस्कार प्रदान गर्दै बधाई तथा शुभकामना व्यक्त गर्नुभएको हो।
प्रहरी निरीक्षक मल्लले लागूऔषध नियन्त्रण, सुशासन प्रवर्द्धन, घरेलु हिंसा न्यूनीकरण तथा शान्ति–सुरक्षा कायम गर्न प्रभावकारी र कडाइका साथ कार्यसम्पादन गरेको मूल्यांकनका आधारमा उक्त सम्मान प्राप्त गर्नुभएको हो। उहाँको सक्रिय र परिणाममुखी कार्यशैलीको स्थानीयवासी तथा सरोकारवालाबाट समेत व्यापक प्रशंसा भइरहेको छ।

