प्रदेश खारेजी होइन, सुधारको पक्षमा रास्वपा : रवि लामिछाने

काठमाडौं १९ असार— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टी प्रदेश संरचना खारेज गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन्।
शुक्रबार सिंहदरबारमा बसेको रास्वपाको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीको प्रथम महाधिवेशनमा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमा प्रदेश संरचना खारेज गर्ने विषय कतै पनि समावेश नगरिएको बताए।
लामिछानेले रास्वपाले प्रदेश खारेजीको प्रस्ताव नराखेको दाबी गर्दै वर्तमान प्रदेश संरचनालाई अझ प्रभावकारी बनाउन ‘रेट्रोफिट’ (सुधार तथा पुनर्संरचना) गर्ने विषयमा मात्र बहसको प्रस्ताव गरिएको स्पष्ट पारे।
उनले प्रदेश संरचनाको प्रभावकारिताबारे बहस आवश्यक रहेको महसुस सबै राजनीतिक दलले गरिरहेको उल्लेख गर्दै रास्वपाले पनि त्यसैअनुसार सुधारका विकल्पमाथि छलफल गर्न प्रस्ताव अघि सारेको बताए।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ