लक्ष्मीपुर पतारीमा खानेपानी ट्याङ्की निर्माण तीव्र, स्थानीय हर्षित

सिरहा, संघीय खानेपानी मन्त्रालयको बहुवर्षीय योजना अन्तर्गत लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं. २ पोखरभिन्ड्डा पर्सामा निर्माणाधीन खानेपानी ट्याङ्कीप्रति स्थानीय बासिन्दाले खुसी व्यक्त गरेका छन्।

उक्त आयोजनाबाट वडा नं. १, २, ३ र ४ का हजारौँ नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ। साविक पोखरभिन्ड्डा पर्सा गाविसको वडा नं. १ अन्तर्गत रहेको सरकारी जग्गामा, मिथिला सरोवर पोखरी नजिक चारै वडाका जनप्रतिनिधि, स्थानीय बुद्धिजीवी, किसान, युवा, महिला तथा भद्रभलादमीहरूको आमभेलाबाट निर्णय गरी आयोजना निर्माण अघि बढाइएको हो।

स्थानीयका अनुसार वातावरणीय प्रभावका कारण चैत–वैशाखदेखि असारसम्म अधिकांश चापाकल सुक्ने समस्या बढ्दै गएकोले दीर्घकालीन खानेपानी व्यवस्थापनका लागि यो आयोजना अत्यन्त आवश्यक रहेको छ। निर्माण कार्य सुरु भएसँगै स्थानीयवासीमा खानेपानी समस्याको समाधान हुने विश्वास बढेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ