महेशपुर पतार इलाका प्रहरी कार्यालयमा निःशुल्क निवेदन सेवा, सेवाग्राहीलाई ठूलो राहत

जनजागरण संवादाता/ रामशंकर यादव

सिरहा ११ पौष  / इलाका प्रहरी कार्यालय, महेशपुर पतार अन्तर्गत रहेको नागरिक सहायता कक्षमार्फत सेवाग्राहीहरूका लागि निःशुल्क निवेदन लेख्ने सुविधा प्रदान गरिएको छ। कार्यालय परिसरभित्रै निःशुल्क रूपमा निवेदन लेखिने व्यवस्था मिलाइएकाले सर्वसाधारण नागरिकहरूलाई ठूलो राहत पुगेको छ।

यो पहल जेन–जि लक्ष्मीपुर पतारी तथा स्थानीय नागरिक अगुवाहरूको सक्रिय सहयोगमा अघि बढाइएको हो। सर्वसाधारण, विशेषगरी आर्थिक रूपमा कमजोर वर्गलाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालयका प्रमुख निरीक्षक विशाल मल्लको नेतृत्वमा यो सेवामूलक काम सुरु गरिएको हो।

प्रमुख निरीक्षक मल्लले प्रहरी सेवा जनमुखी, सहज र विश्वासिलो बनाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको बताउनुभयो। उहाँको यो पहलपछि पतारी थाना प्रति स्थानीय जनस्तरमा नयाँ आशा र भरोसा जागेको छ।

स्थानीयवासीहरूले प्रहरी प्रशासनले जनताको समस्या बुझेर यस्ता सकारात्मक काम सुरु गरेकोमा खुशी व्यक्त गर्दै यसले प्रहरी र नागरिकबीचको सम्बन्ध अझ बलियो बन्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ