काठमाण्डौ ९ कार्तिक / सामाजिक अभियन्ता तथा नव नियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई जेन जि सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका समिति अध्यक्ष चन्द्रशेखर यादवले सफल कार्यकालको बधाई र शुभकामना व्यक्त गरेका छन्।
विगत कैयौं वर्षदेखि “१०० ग्रुप” नामक संस्थामार्फत विपन्न तथा अक्षम विद्यार्थीहरूलाई निःशुल्क शिक्षा प्रदान गर्दै आएका गुप्ता सामाजिक सेवाको क्षेत्रमा प्रेरणादायी व्यक्तित्वका रूपमा परिचित छन्। साथै, विभिन्न विपद् र संकटका समयमा निःशुल्क भोजन, खानेपानी र राहत वितरणमार्फत उनले जनसेवामा उल्लेखनीय योगदान पुर्याउँदै आएका छन्।
भदौ २३ र २४ गतेको जेन जि आन्दोलनमा काठमाडौँबाट नेतृत्व प्रदान गरेका गुप्तालाई सो आन्दोलनका प्रतिनिधिहरूले युवाको आवाजका रूपमा मन्त्री पदका लागि सिफारिस गरेका थिए। प्रधानमन्त्री शुसिला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई युवा तथा खेलकुदमन्त्रीमा नियुक्त गरेका हुन्।
अध्यक्ष चन्द्रशेखर यादवले शुभकामना दिँदै भने, “मन्त्री बब्लु गुप्ताको कार्यकालले युवाहरूको आशा पूरा गर्दै खेलकुद र सामाजिक क्षेत्रको विकासमा नयाँ दिशानिर्देशन दिनेछ भन्ने विश्वास लिएको छु।”
मन्त्री गुप्ताले पनि सबैको समर्थन र शुभकामनाका लागि आभार व्यक्त गर्दै युवाशक्ति, खेलकुद र राष्ट्रिय एकतालाई बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

