काठमाण्डौ २२ असोज / गत वर्षको नेपाल प्रिमियर लिग (एनपीएल) मा ऐतिहासिक जित हात पार्दै पहिलो संस्करणको उपाधि उचाल्न सफल जनकपुर बोल्ट्सले आगामी सिजनको तयारीलाई थप मजबुत बनाउन भारतको कोइम्बटुरस्थित सुपर किंग्स एकेडेमीमा उच्च प्रदर्शन प्रशिक्षण क्याम्पमा सहभागिता जनाउने भएको छ।
विश्वभर आफ्नो नाम बनाएका बोल्ट्सले यस पटकको सिजनमा पनि उपाधि रक्षा गर्ने लक्ष्यसहित तयारी तीव्र बनाएको छ। अनुभवी प्रशिक्षकहरूको निर्देशनमा हुने यो क्याम्पले खेलाडीहरूको फिटनेस, रणनीति, र समन्वयमा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ।
सुपर किंग्स एकेडेमीमा हुने प्रशिक्षण सत्रबाट टोलीलाई थप बलियो बनाउने र आगामी लिगमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित जनकपुर बोल्ट्स नेतृत्वले यो निर्णय लिएको हो। टोली व्यवस्थापनका अनुसार, यो क्याम्पले खेलाडीहरूको आत्मविश्वास र प्रदर्शनमा सकारात्मक प्रभाव पार्नेछ।
जनकपुर बोल्ट्सका समर्थकहरूका लागि यो तयारी उत्साहजनक खबर हो, जसले टोलीलाई पुनः उपाधि जित्न नजिक पुर्याउने आशा गरिएको छ।

