लगातार वर्षाले कोशी, कन्काई र बागमतीमा बाढीको खतराकाे तह पार गरेकाले, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं १९ असोज — लगातारको वर्षाका कारण कोशी, कन्काई र बागमती नदी तथा तिनीका सहायक नदीहरूको बहाव आइतबार बिहान खतराको तह पार गरेको छ।

नेपाल बाढी सूचना केन्द्रका अनुसार आइतबार बिहान ६ बजेदेखि ती प्रमुख नदीहरूको जलस्तर उच्च देखिएको छ। आगामी घण्टामा अझै वर्षा हुने सम्भावना रहेकाले बाढी र डुबानको जोखिम बढेको केन्द्रले जनाएको छ।

सुरक्षाका लागि प्रभावित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन तथा आवश्यक परे सुरक्षित स्थानमा सर्न केन्द्रले आग्रह गरेको छ।बाढीको सम्भावित असरलाई ध्यानमा राख्दै स्थानीय प्रशासन तथा सुरक्षाकर्मीहरू पनि तयारी अवस्थामा रहेको जनाइएको छ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ