काठमाण्डौ करखुसी खोलाको छेउमा पहिरो, सडक भासियो

काठमाडौं, असोज १८ — काठमाडौं महानगरपालिका–१४ स्थित कोहिनुर हाउजिङ नजिकको करखुसी खोलाको छेउमा पहिरो जाँदा सडक भासिएको छ।

आज बिहान करिब ९ बजेको समयमा पहिरो गएको हो। रातिदेखि लगातार परेको झरीका कारण खोलाको किनारमा रहेको सडक भासिएको स्थानीय प्रशासनले जनाएको छ।

सडक भासिएपछि सवारी आवागमन प्रभावित भएको छ भने सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षाका उपायहरू अवलम्बन गरिएका छन्। स्थानीयबासीले तत्काल सुधार तथा संरक्षणका काम अगाडि बढाउन माग गरेका छन्।

 

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ