कृष्ण जन्माष्टमीको अवसरमा सभापति राजकिशोर यादवद्वारा शुभकामना

साउन ३१ शनिबार /
जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय उपाध्यक्ष, पूर्व मन्त्री तथा संघीय संसदअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवले कृष्ण जन्माष्टमीको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

एक शुभकामना सन्देशमार्फत नेता यादवले भगवान श्रीकृष्णको आदर्श, धर्म, सत्य, अहिंसा र कर्तव्यबोधबाट सबैले प्रेरणा लिनुपर्ने आवश्यकता औंल्याएका छन्। उनले सामाजिक सद्भाव, राष्ट्रिय एकता र धार्मिक सहिष्णुताको संरक्षणका लागि यस्ता पवित्र चाडपर्वहरू महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

यादवले विशेषगरी धार्मिक तथा सांस्कृतिक विविधता भएको नेपालमा यस्ता पर्वहरूले आपसी प्रेम, भाईचारा र राष्ट्रिय एकताको भावना थप बलियो बनाउने उल्लेख गर्दै सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन्।

कृष्ण जन्माष्टमी, भगवान श्रीकृष्णको जन्मदिवसको रूपमा मनाइने हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व हो। यस अवसरमा देशभरका मन्दिरहरूमा विशेष पूजा-अर्चना, झाँकी तथा भजनकीर्तन आयोजना गरिन्छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ