लक्ष्मीपुर पतारीमा एक महिने पलम्विङ तालिम सम्पन्न, युवालाई रोजगारीतर्फ प्रेरित गर्ने विश्वास: चन्द्रशेखर यादव

जनजागरण संवादाता / रामशंकर यादव
सिरहा १४ बैशाख— उद्योग विभाग वीरगंजद्वारा आयोजित एक महिने गाउँपालिका स्तरीय पलम्विङ तालिम लक्ष्मीपुर पतारी गाउँपालिकामा सम्पन्न भएको छ। तालिमको समापन कार्यक्रम वडा नं. ५ खरुकीयाहीका अध्यक्ष ब्रहम देव यादवको अध्यक्षतामा तथा समाजवादी विद्यार्थी युनियन नेपाल, मधेश प्रदेशका उपाध्यक्ष एवं बौद्धिक नेता चन्द्रशेखर यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

प्रमुख अतिथि यादवले तालिमले गाउँपालिका भित्रका युवाहरूलाई स्वरोजगारतर्फ उन्मुख गराउने विश्वास व्यक्त गर्दै भने, “बेरोजगारी हटाउन यस्ता व्यावसायिक तालिमहरू अत्यन्तै प्रभावकारी छन्। युवाहरूले जबसम्म सघर्ष गर्न तयार हुँदैनन्, तबसम्म देश समृद्ध हुन सक्दैन।”

तालिमबाट लक्ष्मीपुर पतारी गाउँपालिकाका विभिन्न वडाका युवाहरूले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाभ लिने आयोजकको विश्वास छ। स्थानिय स्तरमा सीप विकास र स्वरोजगारको अवसर सिर्जना गर्न यस्ता तालिमले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

तालिमलाई मूर्तरूप दिन र दीगो प्रभाव पार्न भविष्यमा अझ व्यवस्थित र दीर्घकालीन कार्यक्रम ल्याइने जानकारी पनि कार्यक्रममार्फत दिइयो।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ