जनजागरण संवादाता /रामशंकर यादव
सिरहा २५ चैत्र – सिरहा लक्ष्मीपुर पतारी गाउँपालिकामा जनता समाजबादी पार्टी नेपाल (जसपा) का केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा प्रदेश सांसद राजकुमार गुप्ता (राजु) माथि गुटबन्दीको आरोप लागेको छ। गुप्ताले अधिवेशनको नाममा आफ्नो पकेटका मान्छेहरूलाई बोलाएर समितिमा फेरबदल गरेको आरोप छ, जसले पार्टीको आन्तरिक एकता र स्थायित्वमा गम्भीर असर पुर्याएको छ।
गुप्ता काे क्रियाकलाप ले गर्दा राजनीतिक समिति सदस्य विजय दनुवार ले पार्टी छाडेका हुन्।
अधिवेशन मा बिद्यार्थी मधेश प्रदेश उपाध्यक्ष चन्द्रशेखर यादव, जिल्ला उपाध्यक्ष उमेश कुमार यादव, मनोज कुमार यादव, कुंजी सिङ लगायतका प्रभावशाली नेता लाई बोलाएका थिएन।
बिद्यार्थी उपाध्यक्ष चन्द्रशेखर यादवले गुप्ताको व्यवहारले पार्टीको स्थायित्वमा असर पुर्याएको र पार्टीका अन्य नेता तथा कार्यकर्तामा निराशा फैलाएको बताएका छन्। यादवले भने, “हामी दिनरात पार्टीका काममा समर्पित छौं, तर गुप्ताको गुटको शिकार बनिरहेका छौं।”
यसै क्रममा, यादवले केन्द्रीय महाधिवेशनको प्रतिनिधि चयनको समय पनि गुप्ताको गुटको दबाबका कारण कडा संघर्ष भोगेको बताएका छन्। यादवका अनुसार, गुप्ताको व्यवहारले पार्टीको आन्तरिक स्थितिलाई कमजोर बनाएको छ।
चन्द्रशेखर यादव, जसले समाजवादी विद्यार्थी युनियनका मधेश प्रदेश उपाध्यक्षको रूपमा पनि काम गरेका छन्, गुप्ताको गुटको दबाबमा आफ्नो भूमिका देखाउन नसक्दा आफूलाई तानाशाही व्यवहारको शिकार भएको आरोप लगाएका छन्। यादवले स्पष्ट पारेका छन्, “पार्टी विधि र विधानअनुसार मात्र चल्नुपर्छ। हामी पार्टीको सबै कार्यकर्ताहरूसँग मिलेर, पार्टी र जनता काे हितमा काम गर्न तयार छौं।”
तर, गुप्ताको पटक-पटकका व्यवहारले पार्टीको क्षेत्रीय प्रभाव र स्थायित्वलाई कमजोर बनाउने अवस्था आएको छ। यस घटनाले जसपा पार्टीको भविष्य र आन्तरिक एकतामा गम्भीर प्रश्नहरू खडा गरेको छ।

