राजकिशोर यादवले मकर संक्रान्ति (तिला सङ्क्रान्ति) का अवसरमा देशवासीलाई शुभकामना व्यक्त गरे

जनजागरण संवादाता / रामशंकर यादव
काठमाण्डौ १ माघ– जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय उपाध्यक्ष र सिरहा क्षेत्र नं २ का सांसद राजकिशोर यादवले मकर संक्रान्ति (तिला सङ्क्रान्ति) काे शुखद अवसरमा सम्पूर्ण देशवासीहरूमा हार्दिक बधाई र शुभकामना व्यक्त गरेका छन्।

सांसद यादवले मकर संक्रान्तिको पावन अवसरमा सबै नेपालीलाई समृद्धि र सुख-शान्तिको कामना गर्दै, विशेष गरी तिलको गुड र तिलका विभिन्न परिकारहरूबाट समाजमा आपसी सद्भाव र मेलमिलाप बढाउनुपर्ने आवश्यकता रहेको बताए।

उनले भने, “मकर संक्रान्ति नेपालको सांस्कृतिक धरोहर हो र यस पर्वले देशभरिका मानिसहरूलाई आपसी भाईचारा र एकता सँग जोड्ने काम गर्दछ।”

यस अवसरमा, सांसद यादवले नागरिकलाई पारिवारिक र सामाजिक सम्बन्धलाई अझ बलियो बनाउन, एकआपसमा सहयोग र सद्भाव कायम राख्नको लागि आह्वान गरेका छन्। उनले मकर संक्रान्ति पर्वका अवसरमा सबैलाई स्वास्थ्य र समृद्धि प्राप्त होस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ