जनजागरण सम्बादाता / रामशंकर यादव
काठमाण्डौ २५ मंसिर – बारा जिल्लाको गढीमाई मेला हेरी फर्किने क्रममा रौतहटको चन्द्रनिगाहपुरमा भएको सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ। यस दुर्घटनामा सिराहा अर्नाम गापा ३, बंठियाटोलका ६० वर्षीया लरुवती देवी महरा, ३० वर्षीया उर्मिला महरा, ५० वर्षीया रामकुमारी महरा, ५५ वर्षीया महगीं देवी महरा, ६२ वर्षीया फुलमन्ति देवी चमार, ६० वर्षीया रामकुमारी देवी महरा, ३० वर्षीया सकुन्तला देवी महरा र ४० वर्षीय स्कर्पिओ चालक श्रीकुमार यादवको मृत्यु भएको छ।
साथै, उक्त दुर्घटनामा ५ जना घाइते भएका छन् र उनीहरुको उपचार जारी रहेको छ।
मृतकहरुको परिवारप्रति जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय उपाध्यक्ष र सिराहा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पूर्व मन्त्री राजकिशोर यादवले गहिरो शोक प्रकट गरेका छन्। उनले शोकसन्तप्त परिवारजनसँग संवेदना व्यक्त गर्दै मृतकहरुको आत्माले शान्ति पाउनको लागि प्रार्थना गरेका छन्। साथै, घाइतेहरुलाई शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन्।
यस दुःखद घटनाले समग्र क्षेत्रलाई स्तब्ध बनाएको छ, र यस किसिमका दुर्घटनाबाट सबैलाई सतर्क र सुरक्षित रहने आह्वान गरिएको छ।

