सिरहा, २३ मंसीर / शनिबार – लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं २ मा गाउँ सुधार कमिटी पर्सा पोखरभिण्डाले गाउँपालिका स्तरिय हाजिरी जवाफ प्रतियोगिता २०८१ सफलता पूर्वक सम्पन्न गरेको छ। कार्यक्रमको अध्यक्षता उमेश कुमार यादवले गरेका थिए भने प्रमुख अतिथि सोही वडा का अध्यक्ष रामचन्द्र चौधरी थिए। विशिष्ट अतिथि स्वरुप स.वि.यु. मधेस प्रदेश उपाध्यक्ष, वरिष्ठ सल्लाहकार तथा लोकप्रिय युवा नेता चन्द्रशेखर यादव, ई.प्र.का. महेशपुर पतारीका प्रमुख रबिन राज मैनाली, वडा नं ५ का वडा अध्यक्ष ब्रहमदेव यादव, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, शिक्षकहरू तथा उल्लेखनीय विद्यार्थीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि रामचन्द्र चौधरी, विशिष्ट अतिथि चन्द्रशेखर यादव र कार्यक्रम संचालक पंकज यादवले आफ्ना विचार राख्दै प्रतियोगिताको महत्व र समग्र समुदायका लागि यसले गर्ने योगदानको बारेमा चर्चा गरे।
गाउँ सुधार कमिटीले लक्ष्मीपुर पतारी गाउँपालिका क्षेत्रका सामाजिक र राजनीतिक परिवर्तनमा एक नमूना प्रस्तुत गर्दै आएको छ, जुन कार्य राजनीतिक विश्लेषकहरूद्वारा उच्च सराहना प्राप्त गरेको छ।
प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूले भाग लिएका थिए र यसका परिणामस्वरूप निम्नलिखित विद्यालयहरू क्रमशः विजेता घोषित भए:
1. प्रथम – श्री धमियाईन म.वि., महेशपुर पतारी
2. द्वितीय – श्री रामा महन्थी यादव म.वि., सितापुर प्र. ध.
3. तृतीय – श्री जनता म.वि., खरुकियाही
4. चतुर्थ – श्री जनता डोमि चौधरी म.वि. (प्राविधिक), पोखरभिण्डा, पर्सा
5. पाँचौँ – श्री जनता नन्द ललिता म.वि., लक्ष्मीपुर पतारी
कार्यक्रमको सफलता पुरक सम्पन्नतामा सहभागी सबै महानुभावलाई गाउँ सुधार कमिटीले विशेष धन्यवाद प्रकट गरेको छ।






