नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय लहानका कर्मचारी कार्यलय बन्द हुने समय अगावै बाहिर निस्किएका घटना सार्वजनिक। (तस्बिरहरु)

लहान, २०८१ मंसिर ५ – नेपाल विद्युत प्राधिकरण (नेपाको) शाखा कार्यालय लहानका केही कर्मचारीहरूले कार्यलय बन्द हुने समय अगावै आफ्नो फाँट छाडेर बाहिर निस्किएको घटना सार्वजनिक भएको छ। स्रोतका अनुसार, कार्यालयमा ४:०० बजे कार्यसमय समाप्त हुने निर्धारित भएपनि केही कर्मचारीहरू २:०० बजे नै कार्यालय छोडेर निस्केको तथ्य पुष्टि भएको छ।

यस घटनाले स्थानिय नागरिकहरूमा चिन्ता र असन्तुष्टि उत्पन्न गरेको छ, विशेष गरी नेपाल विद्युत प्राधिकरणको सेवा ढिलो र अनियमित भइरहेको गुनासो उठाएका छन्। केही उपभोक्ताहरूले भनेका छन् कि, कार्यालय समयमा सेवा लिन आउँदा कर्मचारीहरूको लापरवाहीका कारण आवश्यक सेवा प्राप्त गर्न कठिनाइ भएको छ। साथै, समय अगावै कार्यालयका प्रमुख कक्ष, प्राविधिक कक्ष लगायतका विभिन्न कक्षहरूमा ताला लागेका प्रमाण पनि भेटिएका छन्।

यो घटना सरकारी निकायमा कामकाजी लापरवाही र नागरिक सेवामा सुधारको आवश्यकता स्पष्ट रूपमा देखाउँछ। यसले सरकारी र अन्य सार्वजनिक सेवा प्रदायक संस्थाहरूमा कर्मचारीहरूको पेशेवर आचरण सुधार गर्न थप दबाब सिर्जना गरेको छ।

एक सेवा ग्राही का अनूसार कार्यालय प्रमुख र सम्बन्धित अधिकारीहरू ऊपर यस घटनाबारे छानबिन गर्नु पर्ने माग गरेका छन्। साथै दोषी कर्मचारीहरू विरुद्ध कडा कार्वाही गर्न माग गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ