जनता संग जसपा नेपाल आधारभूत संगठन निर्माण अभियान सखुवानन्कारकटी वडा नं १ कटैयामा सम्पन्न।

जनजागरण सम्बादाता / रामशंकर यादव

सिरहा ३० कार्तिक / जनता समाजवादी पार्टी (जसपा) नेपालले सिरहाको सखुवानन्कारकटी गाउँपालिका वडा नं १ कटैयामा आफ्नो आधारभूत संगठन निर्माण अभियान सुरु गरेको छ। पार्टीको संगठन सुदृढीकरण र जनतालाई पार्टीसँग जोड्ने उद्देश्यले आयोजित उक्त कार्यक्रम शुक्रवार सम्पन्न भएको हो।

कार्यक्रमको उद्घाटन जसपा नेपालका केन्द्रीय कार्यकारिणी सदस्य तथा सांसद् राजकुमार गुप्ता, केन्द्रीय अभियन्ता र प्रदेश सांसद ललिता दास, र प्रदेश सदस्य दीपेश यादवले गरेका थिए। कार्यक्रममा स्थानीय कार्यकर्ताहरू, जसपा समर्थक र सर्वसाधारण जनताले उत्साहपूर्वक सहभागिता जनाएका थिए।

कार्यक्रमको दौरान, प्रमुख वक्ताहरूले जसपा नेपालको राजनीतिक दृष्टिकोण, जनताको हक अधिकारको संरक्षण र स्थानीय विकासका मुद्दामा व्यापक छलफल गरेका थिए। सांसद् राजकुमार गुप्ताले जसपा नेपालको समृद्ध र समान समाज निर्माणको दृष्टिकोण साझा गर्दै जनताको हक र अधिकार सुनिश्चित गर्न पार्टीको प्रतिबद्धता व्यक्त गरे।

प्रदेश सांसद ललिता दासले जसपा नेपालको संगठन सुदृढीकरण अभियानलाई अझ प्रभावकारी बनाउने कुरामा जोड दिँदै स्थानीय जनतालाई पार्टीका उद्देश्य र कार्य योजनामा सहभागी गराउने महत्वता बताए। प्रदेश सदस्य दीपेश यादवले स्थानीय विकास र समृद्धिका लागि जसपाको भूमिका र नेतृत्व आवश्यक रहेकोमा बल दिनुभयो।

कार्यक्रममा जसपाले आफ्नो संगठनलाई स्थायीत्वका आधारमा विस्तार गर्ने र आगामी दिनमा जनतालाई पार्टीसँग जोड्न नयाँ रणनीति अपनाउने घोषणा गर्यो। जसपाको आधारभूत संगठन निर्माण अभियानले स्थानीय तहदेखि केन्द्रीय तहसम्म पार्टीको प्रभाव र पहुँचलाई मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रमको समापनपछि, स्थानीय नेताहरूले आगामी दिनमा पार्टीका उद्देश्यलाई जनतासम्म पुर्याउने र पार्टीको सन्देशलाई जनमानसमा फैलाउन निरन्तर प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे। जसपा नेपालले सिरहा क्षेत्रको विकास र समृद्धिका लागि स्थानीय जनतासँगको साझेदारीलाई अझ प्रगाढ बनाउने उद्देश्य लिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ