सिरहा ४ कार्तिक / सिटिजन लाइफ इन्स्योरेन्स गोलबजार शाखा कार्यालयले आफ्नो सातौं वार्षिकोत्सवको अवसरमा एक वृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ। जसको प्रमुख अतिथी समाजवादी बिधार्थी यूनियन नेपालका वरिष्ठ उपाध्यक्ष चन्द्रशेखर यादव रहेका थिए।

यस कार्यक्रममा नेपाल प्रहरी, शसस्त्र प्रहरी र नगर प्रहरीका साथै सिटिजन लाइफका अभिकर्ताहरुको उपस्थिती रहेको थियो। गोलबजार शाखाले नेपाल रेडक्रस सोसाइटी लहानको प्राविधिक सहयोगमा सो कार्यक्रम आयोजना गरेको हो।

यद्यपि, कार्यक्रममा धेरै व्यक्तिहरूको तौल, प्रेसर र नमिलेका कारण रक्तदान गर्न असफल भए। तथापि, यस रक्तदान कार्यक्रममा ३४ युनिट रगत संकलन भएको जानकारी सिटिजन लाइफका गोलबजार शाखा प्रमुख शशि शेखर यादवले दिएका छन्। कार्यक्रममा ७० जनाको सहभागिता रहेको थियो, जसमा विशेष गरी महिलाहरूको संख्या उल्लेखनीय थियो।




