माल्दिभ्स टिम आइपुग्यो

काठमाडौँ — वुमेन्स साफ च्याम्पियनसिप-२०२४ मा सहभागी हुन माल्दिभ्सको टिम सोमबार काठमाडौं आइपुगेको छ । पाकिस्तानपछि माल्दिभ्स नेपाल आइपुग्ने दोस्रो टिम रहेको छ ।

माल्दिभ्स प्रतियोगिताको समूह ‘बी’ मा रहेको छ र उसको प्रतिद्वन्द्वीमा आयोजक नेपालसँगै भुटान र श्रीलंका रहेका छन् । माल्दिभ्सको पहिलो खेल शुक्रबार श्रीलंकाविरुद्ध रहेको छ ।

बुधबार टिम नेपाल आइपुग्नेछन् । त्यसमा डिफेन्डिङ च्याम्पियन बंगलादेशसँगै पाँच पल्टको च्याम्पियन भारत र श्रीलंका रहेका छन् । प्रतियोगिताको बिहीबार हुने उद्घाटन खेलमा भारतले पाकिस्तानको सामना गर्नेछ । समूह ‘ए’ मा बंगलादेश, भारत र पाकिस्तान छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ