सिरहा, ३० भदौ – जनता समाजबादी पार्टी नेपालका राष्ट्रिय उपाध्यक्ष र पूर्व मन्त्री राजकिशोर यादवले मिर्चैया स्थित रामजानकी पार्टी प्यालेसमा आयोजित अभियन्ता अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै कांग्रेस र एमाले मिलेर बनेको सरकार भ्रष्टचारीलाई मात्र बचाउन प्रयासरत रहेको आरोप लगाएका छन्।

यादवले आफ्नो भाषणमा भने, “अब देश कांग्रेस र कम्युनिस्टले होइन, हाम्रो पार्टीले अघि बढाउनुपर्ने समय आएको छ।” उनले पार्टीका नेताहरुलाई यो चुनौतीको सामना गर्न प्रशिक्षण दिँदै, देशको जिम्मेवारी अब हाम्रो पार्टीमाथि रहेको बताएका छन्।


