नर्वेका संसदहरुको टोलीद्वारा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव नेतृत्व काे टोली सँग छलफल ।

काठमाडौं, २७ भदौ– नर्वेका सांसदहरुको एक टोली नेपाल भ्रमणमा आएको छ ।

समितिले प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिसँग सिंहदरबारमा बिहीबार छलफल गरेको छ । दुई देशका संसदीय समितिबीच पहिलोपटक बैठक भएको पर्यटन समितिका सभापति राजकिशोर यादवले बताए । उनले संसदीय कूटनीतिका रुपमा भ्रमण र भेटभाट भएको उल्लेख गरे ।

बैठकमा दुवै संसदीय टोलीका सदस्यहरुले नेपाल र नर्वेबीचको मैत्रीपूर्ण र सुमधु सम्बन्ध तथा सहकार्यबारे चर्चा गरेका थिए ।

बैठकमा संसदीय शासन प्रणालीको सञ्चालन, लोकतान्त्रिक प्रक्रिया तथा साझा विश्वव्यापी एजेन्डाका लागि सहकार्य गर्नेबारे कुराकानी भएको थियो । लोकतन्त्र, मानवअधिकार र सामाजिक न्यायका साझा मूल्यमान्यतामा मिलेर काम गर्ने प्रतिबद्धता दुवै देशका सांसदहरुले जनाएका छन् ।

यस्तै जलवायु परिवर्तनका प्रभावहरुको न्यूनीकरण र दिगो विकास लक्ष्य हासिल गर्न अन्त।र्राष्ट्रिय मञ्चहरुमा सहकार्य गर्ने सहमति नेपाल र नर्वेबीच भएको छ ।

नर्वेका संसदीय मन्त्रीले शान्ति स्थापनामा नेपालको योगदानको प्रशंसा गरेका थिए ।

यस्तै नेपालको ऊर्जा क्षेत्रमा सहयोग गर्न नर्वे इच्छुक रहेको उनको भनाइ थियो । आगामी दिनमा दुई संसदबीच संसदीय अभ्यासका सिकाइ र अनुभव साटासाट गर्नेबारे सैद्धान्तिक सहमति पनि त्यस अवसरमा भयो ।

त्यस क्रममा सभापति यादवले नेपालको संघीय संसदको गठन प्रक्रिया, संख्या तथा संसदीय समितिहरुको काम र क्षेत्राधिकारबारे भ्रमण टोलीलाई जानकारी दिएका थिए । उनले नेपालको संसदमा जनताका आवाजले ठाउँ पाउनुका साथै त्यहाँ उठेका सवालहरुको सम्बोधन गर्ने गरिएको बताए ।

नर्वेका पूर्वविदेशमन्त्री रक्षामन्त्री समेत रहेकी सांसद इने म्यारी एरिक्सन सोरेइडको नेतृत्वमा १४ सदस्यीय टोली भ्रमणमा आएको छ । कन्जरेभेटिभ पार्टीकी सांसद उनले सन् २०१३ देखि ०१७ सम्म रक्षा र सन् २०१७ देखि २०२१ सम्म विदेशमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् । यस मिटिङ्ग बाट नेपाल र नर्वे बिचको सम्बन्ध दृढ हुने विश्वास लिएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ