काठमाण्डौ ३१ साउन /एका बिहानै भक्तपुर स्थित सहिद घर्मभक्त प्रत्यारोपण केन्द्रबाट कल आयो,
“नमस्कार म भरत दाहाल, तपाईको नम्बर मलाई नरेन्द्र पटेल ज्युले प्रदान गर्नु भएको मेरो बिरामीको भोली कलेजो प्रत्यारोपणको अपरेसन हुँदै छ, अप्रेसनको लागि “AB Positive whole blood” चाहिएको छ, आकस्मिक केसको लागि रगत चाहिएको हो, रगत ब्यस्थापनको लागि समन्वय गरिदिनु पर्यो।”

त्यस पस्चात सिराहा लाहान घर भै हाल काठमाडौं कोटेश्वर बसि सिभिल इन्जिनियर 6th सेमिस्टरमा अध्यनरत सामाजिक र बौद्धिक ब्याक्तित्व एक नियमित रक्तदाता दिपेस यादव ज्यूलाई उपचारार्थ बिरामी र उहाको लागि आवस्यक रगत तत्वको महत्वको बारेमा सबै जानकारी दिए अनि यादव ज्यूले आफ्नो ब्यस्तता बाबजुत पनि कुनै असहजता नमानी रक्तदान गर्न ३० मिनेटमा प्रत्यारोपण केन्द्रमा पुगि १ पिन्ट रगततत्व रक्तदान गरेर बिरामीको प्राण रक्षाको लागि आफ्नो अमुल्य दान गर्नु भयो।
“ई दिपेश यादव भन्नू हुन्छ,”
उपचारार्थ बिरामीको शिघ्र स्वास्थ लाभको कामना गर्दछु र
रक्तदान जिवनदान महानदान जस्तो महान अभिभारालाई आत्मसात गर्दै रक्तदान, रगत र रगतत्त्वहरुको ब्यवस्थापनमा स्वास्थ र सक्षम रक्तदाताहरु लगाएत सम्पुर्णमा अग्रसर हुन अनुरोध गर्दछु।”
उहाँले युवाहरुलाई रगत आब्यस्यक्ता परेको बेला रगत दान गर्न आहवान गरेको छ।

