जनजागरण संवादाता / रामशंकर यादव
सिरहा २३ कार्तिक — नेपाल रेडक्रस सोसाइटी लहान शाखाले गाउँ सुधार समिति पर्सा पोखरभिन्ड्डा, लक्ष्मीपुर पतारी गाउँपालिका–२ लाई रक्तदान अभियानमा सक्रिय भूमिका निर्वाह गरेको योगदानका लागि सम्मान गरेको छ।
सम्मानपत्र हस्तान्तरण समारोहमा रेडक्रस लहान शाखाका प्रमुख मनिष यादवले समिति सल्लाहकार संयोजक तथा जेन–जेड लक्ष्मीपुर पतारी गाउँपालिका अध्यक्ष चन्द्रशेखर यादव, नेता विष्णुदेव यादवलगायत युवाहरूको उपस्थितिमा सम्मानपत्र प्रदान गरे।
कार्यक्रमका अवसरमा अध्यक्ष चन्द्रशेखर यादवले भने, “रक्तदान जीवन दान हो। हामी सबैले आ–आफ्नो ठाउँबाट रक्तदान कार्यक्रम सञ्चालन गरी मानव जीवन बचाउन योगदान दिन सक्दछौं।”
रेडक्रस लहान शाखाले समाजसेवा र मानवताको अभियानमा संलग्न युवाहरूलाई निरन्तर प्रोत्साहन गर्दै आएको जनाएको छ।

