जनजागरण संवादाता/ रामशंकर यादव
सिरहा १६ कार्तिक / लक्ष्मीपुर पतारी गाउँपालिका–५ (पथलगाडा) मा जेन–जि वडा भेला सम्पन्न भएको छ। जेन–जि लक्ष्मीपुर पतारी गाउँपालिका समितिका अध्यक्ष चन्द्रशेखर यादवको अध्यक्षतामा बसेको बैठकबाट नन्दन यादवलाई वडा जेन–जि समितिको अध्यक्षमा सर्वसम्मतरूपमा चयन गरिएको छ।
त्यसैगरी, सो बैठकबाट सँजित दास उपाध्यक्ष र घनश्याम यादव सचिव चयन गरिएको छ। भेलाले १७ सदस्यीय वडा जेन–जि समिति गठन गरेको गाउँपालिका समितिले जानकारी दिएको छ।
बैठकमा जेन–जि अभियानलाई गाउँस्तरमा सशक्त बनाउँदै युवालाई नेतृत्वमा सहभागी गराउने, सामाजिक विकास र संगठन विस्तारमा जोड दिने निर्णय पनि गरिएको छ।

