जनजागरण संवादाता/ रामशंकर यादव
सिरहा १५ कार्तिक — बिहीबारदेखि मोन्था चक्रपाथका कारण आएको अविरल वर्षा र हावाहुरीले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका तथा आसपासका क्षेत्रमा लगाइएको धानबाली व्यापक रूपमा नष्ट भएको छ। लगातारको वर्षा र तेज हावाहुरीका कारण धान खेत डुबानमा परेपछि किसानहरू ठूलो आर्थिक संकटमा परेका छन्।

यस विपद्पूर्ण अवस्थापछि जेन–जि लक्ष्मीपुर पतारी गाउँपालिका समितिका अध्यक्ष चन्द्रशेखर यादवले क्षतिको डाटा संकलन गरी गाउँपालिका, सम्बन्धित निकाय र सरकारले छिटोभन्दा छिटो राहत प्याकेज उपलब्ध गराउने व्यवस्था गर्न आग्रह गरेका छन्।
अध्यक्ष यादवका अनुसार यस्तो कठिन समयमा सबैले संवेदनशील भई एक–अर्कालाई सहयोग गर्नु अत्यावश्यक छ। उनले राहत वितरण प्रक्रिया पारदर्शी र निष्पक्ष रूपमा सञ्चालन गर्न सरकारसँग जोडदार माग पनि गरेका छन्।

