लक्ष्मीपुर पतारी–६ सीतापुरमा जेन–जि युवाहरुको वडा समिति गठन, दिलीप यादव अध्यक्ष चयन ।

जनजागरण संवादाता /  रामशंकर यादव

सिरहा १२ कार्तिक  / लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं ६ सीतापुरमा जेन–जि लक्ष्मीपुर पतारी गाउँपालिका समितिको आयोजनामा वडास्तरीय युवा भेला सम्पन्न भएको छ। भेला जेन–जि लक्ष्मीपुर पतारी गाउँपालिका समितिका अध्यक्ष चन्द्रशेखर यादवको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रममा वडा भेला मार्फत दिलीप यादवको अध्यक्षतामा ११ सदस्यीय जेन–जि वडा समिति गठन गरिएको छ। नवगठित समितिमा युवा उत्साह र समाज परिवर्तनप्रतिको प्रतिबद्धता झल्किएको जनाइएको छ।

कार्यक्रमका अध्यक्ष चन्द्रशेखर यादवले युवाहरुलाई सामाजिक रुपान्तरणका अगुवा र देशको भविष्यका आधारस्तम्भका रुपमा अघि बढ्न आह्वान गर्दै भने,

“हामी युवाहरुले सकारात्मक सोच, नेतृत्व क्षमता र एकता मार्फत आफ्नै गाउँ, समाज र देशमा परिवर्तन ल्याउन सक्छौं। जेन–जि अभियानले यही उद्देश्य बोकेको छ।”

उनले गाउँपालिकाका सबै वडामा जेन–जि संगठन विस्तार गरी युवाहरुलाई नेतृत्व र सहभागिताको अवसर प्रदान गरिने पनि बताए।

भेलामा स्थानीय युवाहरु, सामाजिक अभियन्ता र जेन–जि सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

 

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ