जेन जि आन्दोलनका अगुवा बब्लु गुप्ता युवा तथा खेलकुदमन्त्री नियुक्त”

काठमाण्डौ ९ कार्तिक  / सिरहाका बब्लु गुप्ता युवा तथा खेलकुदमन्त्रीमा नियुक्त भएका छन्। विगत कैयौं वर्षदेखि समाजसेवा र शिक्षाको क्षेत्रमा सक्रिय रहेका गुप्तालाई आज राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री शुसिला कार्कीको सिफारिसमा मन्त्रीमा नियुक्त गरेका हुन्।

गुप्ता “१०० ग्रुप” नामक संस्थामार्फत लामो समयदेखि काठमाडौंमा विपन्न र अक्षम विद्यार्थीहरूलाई निःशुल्क शिक्षा प्रदान गर्दै आएका छन्। साथै, विभिन्न विपद्का घडीमा निःशुल्क भोजन, खानेपानी र राहत वितरणजस्ता जनसेवामूलक कार्य गर्दै उनले देशभर प्रशंसा कमाएका छन्।

भदौ २३ र २४ गते सम्पन्न जेन जि आन्दोलनमा काठमाडौंबाट सक्रिय नेतृत्व प्रदान गरेका गुप्तालाई सो आन्दोलनका प्रतिनिधिहरूले युवा पुस्ताको आवाजका रूपमा मन्त्री पदमा सिफारिस गरेका थिए। उनी सामाजिक उत्तरदायित्व, युवा सशक्तिकरण र खेलकुदको विकासमा नयाँ ऊर्जा भर्ने व्यक्तित्वका रूपमा हेरिएको छ।

नव नियुक्त मन्त्री गुप्ताले पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै “युवा र खेलकुद क्षेत्रलाई राष्ट्रिय एकताको माध्यम बनाउने” प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ