सिरहा लक्ष्मीपुर पतारी–३ महेशपुरमा जेन जि वडा समिति गठन

जनजागरण संवादाता /  रामशंकर यादव

सिरहा ५ कार्तिक  /  लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं ३, महेशपुरमा जेन जि युवाहरुको भेला सम्पन्न भएको छ। गाउँपालिका समिति अध्यक्ष चन्द्रशेखर यादवको अध्यक्षतामा आयोजित उक्त भेलाले कृष्ण यादवको अध्यक्षतामा १५ सदस्यीय जेन जि वडा समिति गठन गरेको छ।

भेलामा स्थानीय युवाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। नयाँ गठन गरिएको समितिले युवाहरुको सहभागिता र सशक्तिकरणमा विशेष ध्यान दिने प्रतिबद्धता जनाएको छ। अध्यक्ष कृष्ण यादवले आगामी दिनमा वडा भित्रका युवाहरुको हकहितका लागि सक्रिय भूमिका निर्वाह गर्ने बताउनु भयो।

समितिको गठनसँगै जेन जि अभियानलाई वडा तहसम्म प्रभावकारी बनाउने कार्यलाई अझ गति मिल्ने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ