जनजागरण संवादाता / रामशंकर यादव
सिरहा २ कार्तिक / लक्ष्मीपुर पतारी गाउँपालिकामा जेन जि (Gen Z) समिति द्वारा गाउँपालिका अध्यक्ष चतुरानन्द ठाकुरलाई एक ज्ञापन पत्र बुझाइएको छ।
जेन जि अध्यक्ष चन्द्रशेखर यादवको नेतृत्वमा सम्पूर्ण समिति सदस्य तथा उल्लेखनीय संख्यामा युवाहरूको उपस्थितिमा उक्त ज्ञापन पत्र बुझाइएको हो। ज्ञापनमा गाउँका समसामयिक समस्याहरूको समाधानका लागि तत्काल कदम चाल्न माग गरिएको छ।
ज्ञापन बुझिसकेपछि गाउँपालिका अध्यक्ष ठाकुरले युवाहरूका मागहरूलाई गम्भीरतापूर्वक लिँदै यथाशिघ्र सम्बोधन गरिने प्रतिबद्धता जनाएका छन्।
अध्यक्ष यादवले भने, “गाउँपालिकाका ६ वटै वडामा युवाहरू एकताबद्ध छन्। हामी छिट्टै सम्पूर्ण वडा समितिहरू गठन गर्दै संगठनलाई थप सुदृढ बनाउनेछौं।”
उनको भनाइ अनुसार, युवाहरूको सहभागिता र दबाबले गाउँको विकास र सुधार प्रक्रियालाई तीव्रता दिन सहयोग पुग्नेछ।

