जेनजि युवाहरूको अगुवाइ र वडा नं २ काे सहयोग मा सडक सरसफाइ अभियान सम्पन्न

जनजागरण संवादाता / रामशंकर यादव

सिरहा २ असोज  / लक्ष्मीपुर पतारी गाउँपालिका–२ मा जेनजि युवाहरूको सक्रिय पहलमा जनप्रतिनिधि, बुद्धिजीवी तथा समाजसेवीहरूको उल्लेखनीय सहभागितामा छपराडीदेखि पोखरभिन्ड्डा–पर्सा सडक खण्ड अन्तर्गत निमहा देखि श्याम्बालक मडरको घरसम्म सडक खाली गरिनुका साथै सरसफाइ अभियान सम्पन्न गरिएको छ।

कार्यक्रममा जेनजि गाउँपालिका अध्यक्ष चन्द्रशेखर यादव, गाउँपालिका अध्यक्ष चतुरानन्द ठाकुर, वडा नं. २ का अध्यक्ष रामचन्द्र चौधरी लगायत थुप्रै युवाहरू, बुद्धिजीवी तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो।

अध्यक्ष यादवले कार्यक्रममा बोल्दै सकारात्मक सोच भएका युवाहरू एकजुट भएर अघि बढे गाउँपालिकालाई नमूना गाउँपालिकाको रूपमा विकास गर्न सकिने विश्वास व्यक्त गरे। उनले यस्ता अभियानहरूले समाजमा सकारात्मक ऊर्जा सिर्जना गर्ने र विकासप्रतिको भरोसा बलियो बनाउने बताए।

स्थानीय युवाहरूको अगुवाइमा सम्पन्न भएको यस सडक सरसफाइ तथा व्यवस्थापन अभियानले समुदायमा जनचेतना अभिवृद्धि गर्नुका साथै स्वच्छ र व्यवस्थित गाउँ निर्माणतर्फको महत्वपूर्ण कदमका रूपमा लिइएको छ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ