सशस्त्र प्रहरी बलले देशका विभिन्न जोखिमयुक्त क्षेत्रमा बाढी तथा पहिरो सम्बन्धी जनचेतनामूलक माइकिङ गरेको छ। साथै, सम्भावित जोखिमयुक्त स्थानहरूमा नियमित गस्ती तथा पट्रोलिङसमेत गरी स्थानिय बासिन्दालाई सतर्क रहन अनुरोध गरिएको छ।
यस अभियानमार्फत नागरिकलाई सुरक्षाका उपायहरू बारे जानकारी दिइएको र आपत्कालीन अवस्थामा सहयोगका लागि तयारी अवस्थामा रहेको सशस्त्र प्रहरीले जनाएको छ।
प्रतिक्रिया

