जनजागरण संवादाता / रामशंकर यादव
सिरहा १६ असोज / गाउँलाई सफा, सुन्दर उद्देश्यका साथ गाउँ सुधार समिति, पोखरभिण्ड्डा पर्सा द्वारा छपराडीदेखि पोखरभिण्ड्डा पर्सासम्मको विद्यापति राजमार्ग सडकखण्डमा पहिलो चरणको सडक सरसफाइ तथा अतिक्रमण हटाउने जनचेतनामूलक अभियान सम्पन्न गरिएको छ।
उक्त अभियानको एक अगुवा बौद्धिक युवा नेता तथा सामाजिक अभियन्ता चन्द्रशेखर यादवले भने अनुसार। उनले अभियानबारे जानकारी दिँदै भने,
“हाम्रो गाउँ हाम्रो जिम्मेवारी हो। सार्वजनिक सम्पत्तिको संरक्षण, सरसफाइ र सुन्दर वातावरण सिर्जना गर्नु आजको आवश्यकता हो। जनसहभागितामार्फत गाउँ विकास सम्भव छ भन्ने उदाहरण यो अभियानले प्रस्तुत गरेको छ।”
अभियान अन्तर्गत सडक आसपासका अस्थायी संरचनाहरू हटाउन स्थानीय बासिन्दालाई स्वेच्छिक अनुरोध गरिएको थियो। साथै सरसफाइको महत्त्व, वातावरणीय सचेतना तथा सार्वजनिक क्षेत्रको जिम्मेवार उपयोगबारे जानकारीमूलक सन्देश पनि दिइएको थियो।
गाउँ सुधार समिति, पोखरभिण्ड्डा पर्सा का अनुसार अभियानको पहिलो चरण सफल रूपमा सम्पन्न भएको छ। आगामी दिनमा वृक्षारोपण, ट्राफिक सचेतना, ढल व्यवस्थापन र अन्य सामाजिक सुधार सम्बन्धी कार्यक्रमहरूलाई निरन्तरता दिइने योजना रहेको छ।
कार्यक्रममा उल्लेखनीय रूपमा सक्रिय सहभागी रहेका युवाहरू तथा सहयोगी समुदायप्रति समितिले आभार प्रकट गरेको छ।












