आँखा गुमाउने खतरा, तर हिम्मत अटुट: वीर अस्पतालमा उपचाररत विकासको राष्ट्रप्रेम

काठमाण्डौ १५ आश्विन / सप्तरीका २५ वर्षीय जेनजेड इञ्जिनियर विकास कुमार यादव वीर अस्पतालमा उपचाररत छन्। एक हालैको घटनामा आँखाभित्र गोळी लागेको कारण उनका लागि दृष्टि गुमाउने गम्भीर जोखिम देखिएको छ। यद्यपि गम्भीर चोटका बीच पनि विकासको आत्मबल भने अटल छ।

“हामी फेरि लड्नुपर्छ भने, म फेरि लड्न तयार छु,” उनी मुस्कानसहित भन्छन्। उनको यो साहस र राष्ट्रप्रेमले धेरैलाई प्रेरणा दिएको छ।विकासजस्तै घाइते भएका अन्य सबै बहादुर युवाहरूप्रति हामी गहिरो सम्मान प्रकट गर्दछौं र उनीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।

देशका लागि ज्यानको बाजी लगाउने यो साहसिक भावना सधैं स्मरणीय रहनेछ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ