वीरगञ्जमा ग्याङ फाइट: भीडभाडको बीच युवाको ज्यान गयो

वीरगञ्ज १५ आश्विन– पर्सा जिल्लाको वीरगञ्जस्थित गितामन्दिर रोड क्षेत्रमा मंगलबार राति भएको ग्याङ फाइटमा एक युवकको मृत्यु भएको छ।

पुलिसका अनुसार गहवामाई मेलाको अवसरमा भीडभाड बढेको बेला राति करिब १२ देखि १ बजेको बीच माईस्थान र घडिअर्वा पोखरी क्षेत्रको बीचमा दुई युवासमूहबीच झडप भएको थियो। सो झडपमा करिब २० वर्षीय युवक गोल्डेन गम्भीर घाइते भएका थिए।

घाइते गोल्डेनलाई उपचारका लागि नारायणी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरी टोलीले गितामन्दिर रोड सिल गरेर अनुसन्धान प्रारम्भ गरेको छ। प्रहरीका अनुसार झडपमा संलग्न भएको आशंकामा केही व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको छ भने अन्य संलग्नको पहिचान र खोजी कार्य जारी छ।

मृतकको शव नारायणी अस्पतालको शवगृहमा राखिएको छ। घटनाको थप अनुसन्धान तथा विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी स्रोतले जनाएको छ।

स्थानीयहरूका अनुसार गहवामाई मेला चलिरहेको बेला भएको यो हिंसात्मक घटनाले क्षेत्रमै त्रासको वातावरण सिर्जना भएको छ। सुरक्षा चुनौतीकाबीच मेलामा पर्याप्त प्रहरी परिचालन नभएको भन्दै जनताले असन्तुष्टि व्यक्त गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ