एसिया कप २०२५: उपाधिका लागि आज भारत र पाकिस्तान भिड्दै, 

काठमाडौं, असोज ११ —एसिया कप २०२५ को ऐतिहासिक फाइनलमा आज भारत र पाकिस्तान आमनेसामने हुँदैछन्। दुबईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा नेपाली समयअनुसार बेलुका ८:१५ बजे सुरु हुने खेलमा दुबै परम्परागत प्रतिद्वन्द्वी राष्ट्र उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेका हुन्।

४० वर्षको एसिया कप इतिहासमा पहिलोपटक भारत र पाकिस्तान फाइनलमा भिड्न लागेका हुन्। यसअघि विभिन्न संस्करणमा यी दुई टोली समूह चरण वा अन्य चरणमा मात्र आमनेसामने भएका थिए।

यस संस्करणको लिग चरण र सुपर फोरमा भारतले पाकिस्तानलाई दुई पटक पराजित गरिसकेको छ। तेस्रो पटक भने पाकिस्तान जित निकाल्ने लक्ष्यमा हुनेछ भने भारत जितको हैट्रिक गर्दै कीर्तिमान बनाउने योजनामा छ।

खेलप्रति दुबै देशका दर्शक र विश्वभरिका क्रिकेट प्रेमीहरूमा ठूलो उत्साह देखिएको छ। दुबईको मैदानमा उपाधिको लागि हुने यो भिडन्त ऐतिहासिक बन्ने अपेक्षा गरिएको छ।

खेल विवरण:

खेल: एसिया कप २०२५ फाइनल

टोलीहरू: भारत बनाम पाकिस्तान

स्थान: दुबई इन्टरनेसनल क्रिकेट स्टेडियम, युएई

समय: नेपाली समयअनुसार बेलुका ८:१५ बजे

आजको खेलले के पाकिस्तान भारतविरुद्धको हारको बदला लिन सक्छ कि भारतले आफ्नो दबदबा कायम राख्नेछ भन्ने कुराको टुंगो लगाउनेछ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ