काठमाडौं ८ आश्विन / महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। प्रधानमन्त्री सुशीला कार्कीसँग करिब दुई घण्टा लामो छलफल गरेपछि उनी साढे १० बजे बालुवाटारबाट बाहिरिएका हुन्।
मेयर साह बिहान ८ बजे बालुवाटार पुगेका थिए। प्रधानमन्त्रीसँगको यो भेटलाई हालैका दिनमा तीव्र रूपमा सक्रिय बनेको ‘जेन-जि आन्दोलन’ र नयाँ सरकार गठन प्रक्रियासँग जोडेर हेरिएको छ। यी दुवै विषयमा मेयर बालेनको निर्णायक भूमिका देखिँदै आएको छ।
तर, बालेन र प्रधानमन्त्री कार्कीबीच के विषयमा कुराकानी भयो भन्नेबारे अहिलेसम्म कुनै औपचारिक जानकारी सार्वजनिक गरिएको छैन। न त प्रधानमन्त्री कार्यालय न त बालेन आफैंले यसबारे कुनै विवरण दिएका छन्।
सार्वजनिक चासोका मुख्य विषयहरू र राजनीतिक घम्साघम्सीबीच भएको यो छलफलले आगामी दिनमा नयाँ संकेत दिने अपेक्षा गरिएको छ।

