नेता चन्द्रशेखर यादवद्वारा सम्पूर्ण नेपालीलाई विजया दशमीको शुभकामना शुभकामना सन्देश

जनजागरण संवादाता/ रामशंकर यादव

सिरहा ६ आश्विन — बौद्धिक युवा नेता चन्द्रशेखर यादवले नेपालीहरूको महान चाड विजयादशमी, विशेष गरी घटस्थापनाको पावन अवसरमा लक्ष्मीपुर पतारी गाउँपालिका लगायत देश-विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई शुभकामना व्यक्त गरेका छन्।

नेता यादवले एक शुभकामना सन्देश जारी गर्दै सामाजिक सद्भाव, पारिवारिक एकता र राष्ट्रिय समृद्धिको कामनासहित यो पर्वले सबैमा सकारात्मक ऊर्जा भर्ने विश्वास व्यक्त गरेका छन्। उनले यस चाडलाई हिन्दू संस्कृतिमा विशेष महत्व राख्ने धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा उल्लेख गर्दै सबैमा स्वास्थ्य, शान्ति र समृद्धिको कामना गरेका छन्।

“विजया दशमी मात्र धार्मिक पर्व नभई नेपाली समाजलाई एक आपसमा जोड्ने सांस्कृतिक सेतु पनि हो,” यादवले उल्लेख गरेका छन्। उनले थप भने, “हाम्रो पहिचान, संस्कृति र धर्मको जगेर्ना गर्दै सामाजिक न्याय, शान्ति र समानताका लागि काम गर्नु आजको आवश्यकता हो।”

देश राजनीतिक, सामाजिक र आर्थिक रूपले चुनौतीको सामना गरिरहेको अवस्थामा पर्वले आपसी सद्भाव, मेलमिलाप र सहकार्यलाई अझ बलियो बनाउने अवसर हो भन्ने धारणा उनले राखेका छन्।

नेता यादवले विशेषगरी युवाहरूलाई समाज र राष्ट्रको समुन्नतिको लागि जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेका छन्। “दशैंले ल्याउने उत्साह र उमंगले हामी सबैलाई सकारात्मक सोच र क्रियाशीलतामा अघि बढ्न प्रेरणा मिलोस्,” उनले शुभकामना सन्देशमा भनेका छन्।

विजया दशमीको यस पावन अवसरमा नेता चन्द्रशेखर यादवले सम्पूर्ण नेपाली जनमा सुख, शान्ति, समृद्धि र दीर्घायुको कामना गरेका छन्।

 

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ