सिरहा २६ भदौ /
समाजवादी विद्यार्थी यूनियन नेपालका नेता चिरञ्जीवी यादवको नेतृत्वमा सिरहाको चोहर्वा चोकमा आज सैनिक शासन र विदेशी हस्तक्षेपको विरुद्धमा विरोध प्रदर्शन कार्यक्रम सम्पन्न भयो।
प्रदर्शनमा सहभागी विद्यार्थीहरूले जनताको अधिकारमाथि हुने कुनै पनि प्रकारको हमला सहन नहुने भन्दै सैनिक शासन र विदेशी चलखेलको कडा विरोध जनाए। उनीहरूले “सैनिक शासन मान्दैनौं”, “विदेशी चलखेल बन्द गर”, “संविधान र व्यवस्था मास्न पाइँदैन” जस्ता नारा लगाउँदै संविधान, संघीयता, लोकतन्त्र र गणतन्त्रको संरक्षणका लागि सडकमा उत्रनु परेको बताएका थिए।
विरोधसभामा सम्बोधन गर्दै नेताहरूले व्यवस्थाभित्रैबाट वैकल्पिक मार्ग खोजिनु पर्नेमा जोड दिए। संविधानमा भएको जनताको अधिकारलाई रक्षा गर्न सबै नागरिक जागरुक हुनुपर्ने उनीहरूको भनाइ थियो।
प्रमुख नाराहरू:
सैनिक शासन मान्दैनौं!
विदेशी चलखेल बन्द गर!
संविधान र व्यवस्था मास्न पाइँदैन!
व्यवस्थाभित्रैबाट विकल्प खोजौं!
संघीयता, लोकतन्त्र, गणतन्त्र, संविधान जिन्दावाद!
आयोजकका अनुसार कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न गरिएको छ।

