लहान–लक्ष्मीपुर पतारीमा ओलीको पुत्ला दहन, गोलीकाण्डपछि आन्दोलन देशव्यापी उग्र

काठमाण्डौ भदौ २५ / काठमाडौँको नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि जेनजिले आयोजना गरेको भ्रष्टाचार, सामाजिक सञ्जाल नियन्त्रण र तानाशाही प्रवृत्तिविरुद्धको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले गोली चलाउँदा २५ भन्दा बढी नागरिकको ज्यान गएको छ भने सयौँ गम्भीर घाइते भएका छन्।

शान्तिपूर्ण आन्दोलनमाथिको गोलीकाण्डपछि आन्दोलन झन् उग्र बनेको छ। देशका विभिन्न स्थानहरूमा सरकारी संरचनाहरूमा तोडफोड, आगजनी र प्रदर्शन जारी छन्। सिंहदरबार, संघीय संसद भवन, राष्ट्रपति निवासलगायतका संवेदनशील क्षेत्रहरूमा आक्रमण भएको छ।

त्यसै क्रममा सिरहा जिल्लाको लहान र लक्ष्मीपुर पतारी गाउँपालिका अन्तर्गत पतारी बजारमा स्थानीय जेनजि युवाहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्दै विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनमा ठूलो संख्यामा युवाहरूको उपस्थिति देखिएको छ।

घाइतेहरूको अवस्था गम्भीर रहेको र राजधानीका विभिन्न अस्पतालहरूमा आकस्मिक उपचार भइरहेको जनाइएको छ। नागरिक समाज, मानव अधिकारकर्मी, र विभिन्न दलहरूले घटनाको निन्दा गर्दै सरकारी दमनको विरोध गरेका छन्।

देशभर कर्फ्यु आदेश जारी गरिएको छ भने सुरक्षाकर्मीहरूको उपस्थिति अझ कडा बनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ