जनजागरण संवादाता / रामशंकर यादव
साउन ३१ शनिबार /
समाजवादी विद्यार्थी युनियन नेपाल मधेश प्रदेशका उपाध्यक्ष, युवा अभियन्ता तथा बौद्धिक नेता चन्द्रशेखर यादवले पवित्र पर्व श्रीकृष्ण जन्माष्टमीको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
शुभकामना सन्देशमा यादवले भगवान श्रीकृष्णले देखाएको धर्म, सत्य, निष्ठा र कर्मको मार्ग आजको समयमा झन् सान्दर्भिक रहेको उल्लेख गर्दै सबैलाई सदाचार, सद्भाव र सामाजिक न्यायको बाटोमा अघि बढ्न प्रेरित गरेका छन्। उनले धार्मिक सहिष्णुता, सांस्कृतिक विविधता र राष्ट्रिय एकता सुदृढ गर्न यस्ता पर्वहरू प्रेरणादायी हुने बताएका छन्।
चन्द्रशेखर यादवले विशेषगरी युवाहरूलाई भगवान श्रीकृष्णको जीवन दर्शनबाट प्रेरणा लिएर देश र समाजको समृद्धिका लागि सकारात्मक भूमिका निर्वाह गर्न आह्वान गरेका छन्।
श्रीकृष्ण जन्माष्टमी हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण चाड हो, जुन भगवान श्रीकृष्णको जन्मदिनको रूपमा देशभर विविध धार्मिक कार्यक्रम गरी श्रद्धापूर्वक मनाइन्छ

