जनजागरण सम्पादक / चन्द्रशेखर यादव
काठमाण्डौ २४ साउन / जनै पूर्णिमा तथा रक्षा बन्धनको अवसरमा जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय उपाध्यक्ष, पूर्वमन्त्री तथा प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवले सम्पूर्ण देशवासीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
सभापति यादवले शुभकामना सन्देश जारी गर्दै नेपाली समाजमा सांस्कृतिक र धार्मिक महत्व बोकेको जनै पूर्णिमा तथा रक्षा बन्धन पर्वले आपसी सद्भाव, भाइचारा र सामाजिक एकता प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरेका छन्।
उनले विविधताबीच एकता कायम गर्दै जातीय, भाषिक, धार्मिक र सांस्कृतिक सद्भावको माध्यमबाट समुन्नत समाज निर्माणमा सबै लाग्नुपर्नेमा जोड दिएका छन्।
यस्ता पर्वहरूले परम्परा, धर्म र संस्कृतिप्रति युवा पुस्तालाई जानकारी दिनुका साथै सामाजिक मूल्य र मान्यतालाई जीवन्त राख्न योगदान पुर्याउने सभापति यादवको भनाइ छ।
अन्त्यमा उनले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेका छन्।

