सभापति राजकिशोर यादवको नेतृत्वमा पशुपतिनाथ क्षेत्रको स्थलगत अनुगमन

जनजागरण सम्पादक / चन्द्रशेखर यादव
काठमाडौं २३ साउन — संघीय संसद्‌को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवको नेतृत्वमा एक समूहले बिहीबार पशुपतिनाथ क्षेत्र र वरपरका सांस्कृतिक तथा धार्मिक सम्पदाहरूको स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ।

सांसदहरूसहितको टोलीले स्थलगत अवलोकन गर्दै क्षेत्रको संरक्षण, व्यवस्थापन तथा पर्यटन प्रवर्द्धनका पक्षमा देखिएका समस्याहरू अवलोकन गरेको थियो। पशुपति क्षेत्रको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वलाई ध्यानमा राख्दै संरक्षण र व्यवस्थापनमा विशेष ध्यान दिनुपर्नेमा सहभागीहरू एकमत देखिएका थिए।

स्थलगत निरीक्षणपश्चात आयोजित अन्तरक्रिया कार्यक्रममा सभापति यादवले सम्पदाको संरक्षण र प्रवर्द्धनसँगै पर्यटकीय विकासका लागि अब ठोस र प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औँल्याए।

सभापति यादव ले भने पशुपतिनाथ क्षेत्र नेपालको मात्र नभई विश्वकै महत्वपूर्ण धार्मिक सम्पदामध्ये एक हो। यसको संरक्षण र प्रचारप्रसारमा सबै पक्षको सहकार्य अपरिहार्य छ।”

कार्यक्रममा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरू, स्थानीय बासिन्दा र धार्मिक अगुवाहरूको उपस्थिति थियो। उनीहरूले पनि धार्मिक सम्पदाको संरक्षणमा सरकार, समितिहरू र नागरिक समाजको साझा जिम्मेवारी रहेको धारणा राखे।

समितिले निकट भविष्यमा पशुपति क्षेत्रसँग सम्बन्धित सरोकारवाला निकायहरूलाई समेत सहभागी गराई ठोस कार्ययोजना निर्माण गर्ने बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ