इद पर्वको अवसरमा मुस्लिम समुदायलाई नेता चन्द्रशेखर यादवको शुभकामना !

जनजागरण संवादाता / रामशंकर यादव
काठमाण्डौ २४ जेठ / समाजवादी विद्यार्थी युनियन नेपाल मधेश प्रदेशका उपाध्यक्ष तथा बौद्धिक युवा नेता चन्द्रशेखर यादवले सम्पूर्ण नेपाली मुस्लिम धर्मालम्बीहरूलाई इद पर्वको अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

शुभकामना सन्देश मार्फत नेता यादवले इद पर्वले आपसी सद्भाव, भाइचारा र धार्मिक सहिष्णुता मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्। उनले नेपालको बहुसांस्कृतिक, बहुधार्मिक र बहुजातीय विशेषताले सबै धर्मावलम्बी बीच आपसी सम्मान र समझदारीको भावना झनै गहिरो बनाउने बताएका छन्।

बौद्धिक युवा नेताका रूपमा चिनिने चन्द्रशेखर यादवले मुस्लिम समुदायको धर्म, संस्कार र परम्परा प्रति उच्च सम्मान व्यक्त गर्दै इद जस्तो पवित्र पर्वले सामाजिक ऐक्यबद्धता र राष्ट्रिय एकता सुदृढ गर्ने उल्लेख गरेका छन्।

उनले आफ्नो शुभकामना सन्देशमा भनेका छन्, “इद पर्वले सबै नेपालीबीच एकता, सद्भाव, सहिष्णुता र शान्तिको सन्देश फैला ओस्। यो पर्व खुशी, समृद्धि र आत्मीयताको प्रतीक बनोस्।”

यादवले नेपाली समाजमा सबै धर्म, जात र समुदायबीच समानता, सहकार्य र सामाजिक न्यायको स्थापना अत्यावश्यक रहेको समेत उल्लेख गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ