काठमाण्डौ २४ जेठ / जनता समाजबादी पार्टी नेपालका राष्ट्रिय उपाध्यक्ष, पूर्व मन्त्री तथा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले सम्पूर्ण नेपाली मुस्लिम धर्मालम्बीहरूलाई इद पर्वको अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।
शुभकामना सन्देशमार्फत यादवले पवित्र इद पर्वले आपसी सद्भाव, भाइचाराको भावना र धार्मिक सहिष्णुतालाई थप सुदृढ गर्ने विश्वास व्यक्त गरेका छन्। उनले नेपाल बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक देश भएकाले सबै धर्म, संस्कार र पर्वप्रति सम्मान गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
पूर्व मन्त्री यादवले नेपाली मुस्लिम समुदायको धार्मिक आस्था, परम्परा र संस्कृतिप्रति सम्मान प्रकट गर्दै इद पर्वले सबै नेपालीमा एकता, मेलमिलाप र समृद्धिको भावना फैलाओस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्।
उनको अनुसार, यस्ता पवित्र पर्वहरूले समाजमा सहिष्णुता र भाइचारा बढाउनुका साथै राष्ट्रिय एकता र समृद्धिको मार्गमा सहयोग पुर्याउँछन्। इद जस्तो पर्वहरू राष्ट्रिय विविधताको सुन्दर पहिचान भएको भन्दै उनले सबै नेपालीहरूलाई एकआपसमा सम्मान, सद्भाव र सहयोगका साथ अगाडि बढ्न आग्रह गरेका छन्।

