नववर्ष २०८२ को अवसरमा समाजवादी विद्यार्थी युनियन मधेश प्रदेश उपाध्यक्ष चन्द्रशेखर यादवको शुभकामना सन्देश

जनजागरण संवादाता / रामशंकर यादव
सिरहा ३१ चैत्र -समाजवादी विद्यार्थी युनियन मधेश प्रदेश समिति उपाध्यक्ष, युवाहरुको ढुकढुकी तथा चिरपरिचित बौद्धिक युवा नेता चन्द्रशेखर यादवले नयाँ वर्ष २०८२ को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

यादवले लक्ष्मीपुर पतारी गाउँपालिका वासीहरू साथै देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली नागरिकप्रति शुभकामना दिँदै नयाँ वर्षले सुख, शान्ति, समृद्धि र आपसी सद्भावको विकास ल्याओस् भन्ने कामना गरेका छन्।
उनले युवाहरुलाई सकारात्मक सोच, शिक्षा र बौद्धिक विकासमार्फत मुलुकको समृद्धिमा योगदान गर्न आग्रह गर्दै सशक्त युवा सहभागिता नै समृद्ध राष्ट्र निर्माणको आधार भएको उल्लेख गरेका छन्।

समाज र राष्ट्र परिवर्तनमा युवाको अग्रणी भुमिका आवश्यक रहेको बताउँदै यादवले शिक्षाको महत्व, सामाजिक समानता र न्याय सुनिश्चित गराउने अभियानमा निरन्तर लागिरहने प्रतिबद्धता पनि जनाएका छन्।

उनको शुभकामना सन्देशले मधेशको राजनीतिक र सामाजिक क्षेत्रका युवाहरूलाई थप प्रेरणा दिने विश्वास गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ