जनजागरण संवादाता / रामशंकर यादव
सिरहा ३१ चैत्र -जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय उपाध्यक्ष, पूर्व मन्त्री तथा प्रतिनिधिसभा सदस्य राजकिशोर यादवले नयाँ वर्ष २०८२ को अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
सिरहा क्षेत्र नं. २ बाट प्रतिनिधित्व गर्दै आएका नेता यादवले देश-विदेशमा रहनुभएका सम्पूर्ण नेपाली जनसमुदायको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै, नयाँ वर्षले सबैमा नयाँ उमंग, ऊर्जा र आशा बोकेर ल्याओस् भन्ने अपेक्षा व्यक्त गरेका छन्।
नेता यादवले सामाजिक न्याय, समानता र समावेशी विकासमा आफू र आफ्नो पार्टी निरन्तर प्रतिबद्ध रहेको उल्लेख गर्दै, जनताको भरोसा र विश्वासलाई अझ बलियो बनाउँदै अघि बढ्ने प्रतिवद्धता समेत दोहोर्याएका छन्।
उनको सन्देशले खासगरी मधेश क्षेत्रका नागरिकहरूमा उत्साह र विश्वास थपेको विश्वास गरिएको छ।

