जनजागरण संवादाता / रामशंकर यादव
काठमाडौं २३ चैत्र – जनता समाजबादी पार्टी नेपालका राष्ट्रिय उपाध्यक्ष, पूर्व मन्त्री तथा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले राम नवमीको पावन अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ र दिदीबहिनीलाई शुभकामना व्यक्त गरेका छन्।
राम नवमी हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व हो, जुन भगवान श्रीरामको जन्म उत्सवको रूपमा मनाइन्छ। यस अवसरमा, यादवले भगवान रामको आशीर्वादले सम्पूर्ण नेपालीहरूको जीवनमा शान्ति, समृद्धि र एकता ल्याओस् भन्ने शुभकामना व्यक्त गरेका छन्।
उनले भने, “राम नवमीका अवसरमा हामी सबैले भगवान रामका आदर्शहरू अपनाएर समाजमा समानता, न्याय र शान्तिको वातावरण बनाउन सकौं। आजको दिनले हाम्रो समाजमा धार्मिक सहिष्णुता र आपसी सद्भावको महत्वलाई पनि प्रगाढ बनाउनेछ।“
यादवले नेपालमा रहेका विभिन्न जाति, धर्म र समुदायका बीचको एकताको महत्वलाई जोड दिँदै, धर्म र संस्कृतिको सम्मान गर्दै सबैलाई एकतामा बाँध्ने महत्त्वपूर्ण कार्यमा सहभागी हुने आह्वान पनि गरेका छन्।
उनले यो पर्वको अवसरमा सबै नेपालीलाई खुशी र समृद्ध जीवनको कामना गर्दै, सामाजिक एकता र शान्तिपूर्ण सहअस्तित्वको मार्गमा अग्रसर हुन आग्रह गरे।

