सिरहा पतारीमा भारतीय नागरिकलाई नेपाली नागरिकता दिएको विवाद: सिडियो र एसपी माथि गम्भीर आरोप( तस्बिरहरू):

जनजागरण संवादाता / रंजन यादव
सिरहा ११ चैत्र / सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका-३ महेशपुरमा भारतीय नागरिकलाई नेपाली नागरिकता दिइएको विवाद सार्वजनिक भएको छ। गोमा भुजेल नामक एक स्थानीय नागरिकले जिल्ला प्रहरी कार्यालय सिरहा अगाडि पत्रकार सम्मेलन गर्दै, सोही गाउँपालिका वडा नं ३ महेशपुर निवासी बलिराम (जिबु) शाह र उनका परिवारका १० जना सदस्य भारतीय नागरिक रहेको र उनीहरुलाई नेपाली नागरिकता दिइएको खुलासा गरेका छन्।

भुजेलका अनुसार, बलिराम शाह र उनका परिवारका सदस्यहरूको भारतीय नागरिकता र आधार कार्डसहितका प्रमाणहरू उपलब्ध छन्। बलिराम शाहको भारतको ठेगाना (पता नं ९३ महुलीया, लदनिया, कुमरखत मधुबनी बिहार ) रहेको र भारतीय नागरिकता र नेपाली आधार कार्ड, भोटर कार्ड, रासन कार्ड लगायतका प्रमाणहरूको आधारमा उनी नेपालमा बसेको र नेपाली नागरिकता प्राप्त गरेको बताइएको छ। यससँगै, बलिराम शाहका परिवारका १० जनाको भारतीय प्रमाण रहेका छन्। भुजेलले भने, “समाजमा बलिराम शाहले गलत क्रियाकलापहरू गरिरहेका थिए, र हामीले त्यसको विरोध गर्दा हामीलाई धम्की दिइयो र कानूनी कारबाहीमा प्रगति नगरेको आरोप छ।”

भुजेलले थप जानकारी दिँदै भने कि बलिराम शाहले समाजमा महिला हिंसा, ज्यान मार्ने धम्की जस्ता अपराधी गतिविधिहरू गरेका छन्। उनले २०८० सालको मिति ५ गते जिल्ला प्रशासन कार्यालय सिरहामा नागरिकता खारेजीका लागि जाहेरी दिएका थिए। त्यसपछि गृह मन्त्रालयले २०८१/०४/२५ मा जिल्ला प्रशासन कार्यालय सिरहालाई पत्र पठाएर आवश्यक कारबाही गर्न भनेको थियो। तर, भुजेलका अनुसार, जिल्ला प्रशासन र प्रहरी कार्यालयले यस विषयमा कारबाही नगरेको आरोप छ।

भुजेलले भनिन्, “मैले डेढ वर्षदेखि प्रहरी कार्यालयमा पुगेर यो विषयमा कारबाहीको माग गरेको भए पनि एसपी रमेश पण्डित र सिडियो बासुदेव दाहाल ले मेरो कुरा नसुनेपछि पत्रकार सम्मेलन गर्न बाध्य भएँ।” उनले आरोप लगाउँदै भने, “बलिराम शाहलाई भने यो देशमा पैसा भएकाले केही पनि गर्न सकिन्छ र उनी एक एमाले पार्टीका कार्यकर्ता हुन् भन्ने दाबी गरेका छन्।”

भुजेलले साक्ष्यको आधारमा बलिराम शाह र उनका परिवारलाई नेपाली नागरिकता दिने प्रक्रिया गम्भीर अपराध भएको र यसमा तत्काल कानूनी कारबाही गर्नुपर्ने माग गरेकी छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ