सिरहा लक्ष्मीपुर पतारी गाउँपालिकामा एसईई परीक्षा निष्पक्ष र मर्यादित बनाउने कार्यमा प्रहरी चौकी सितापुरको सक्रिय भूमिका

जनजागरण संवादाता / रंजन यादव

सिरहा ८ चैत्र – सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं. ६ स्थित श्री रामा महन्थि माध्यमिक विद्यालय सितापुर परीक्षा केन्द्रमा राष्ट्रिय परीक्षा बोर्डद्वारा संचालित एसईई (SEE) परीक्षा यस वर्ष अत्यन्तै निष्पक्ष, स्वतन्त्र र मर्यादित वातावरणमा सम्पन्न भएको छ। यसका लागि प्रहरी चौकी सितापुरका इन्चार्ज प्रहरी सहायक निरीक्षक अरुण कुमार बैठाको नेतृत्वमा सुरक्षा व्यवस्था कडा पारिएको थियो।

स्थानीय बिद्यार्थीहरूले परीक्षा केन्द्रमा देखिएको अनुशासन र शान्तिपूर्ण वातावरणको प्रशंसा गर्दै भने, “परीक्षा केन्द्रमा कुनै प्रकारको नक्कली गतिविधि, नकल, वा बाह्य हस्तक्षेप देखिएको छैन। यसले हामीलाई पनि एक सकारात्मक मनोबल दिएको छ।”

प्रहरी सहायक निरीक्षक अरुण कुमार बैठाले भने, “हामीले परीक्षा केन्द्रमा सुरक्षाको उच्चतम स्तरको ध्यान राखेका छौं ताकि परीक्षार्थीहरूले मात्र आफ्नो क्षमता र ज्ञानको आधारमा परीक्षा दिन सकून्। हाम्रो मुख्य उद्देश्य भनेको परीक्षा वातावरणलाई निष्पक्ष र पारदर्शी बनाउनु हो।”

प्रहरी चौकी सितापुरको कडा निगरानी र सुरक्षाका कारण परीक्षा केन्द्रमा कुनै प्रकारको अशान्ति उत्पन्न भएको छैन र बिद्यार्थीहरूले परीक्षा दिनमा सजिलो अनुभव गरेका छन्।

यस सफल कार्यको परिणाम स्वरूप, यस क्षेत्रका बिद्यार्थी र शिक्षकहरूसँगै समुदायले पनि प्रहरीको सक्रियता र कडा निगरानीको प्रशंसा गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ